
काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल भारतको बैंगलौरमा आयोजित जी-२० का अर्थमन्त्रीहरुको सम्मेलनमा भाग लिई स्वदेश फर्किएका छन् । उनी शनिबार राति स्वदेश फर्किएका हुन् ।
सम्मेलनमा भाग लिनुका साथै उनले भारतका अर्थमन्त्री निर्मला सितारमण, चीनका अर्थ मन्त्रालयका उपमन्त्री वाङ दङवै लगायतसँग अर्थतन्त्र र विकासका विविध आयामबारे छलफल गरेका छन् ।
जी-२० का अर्थमन्त्रीहरुको सम्मेलन शुक्रबार र शनिबार भएको थियो । सम्मेलनमा भाग लिन अर्थमन्त्री पौडल ११ फागुनमा भारत गएका थिए । नेपाल जी-२० को सदस्य नरहे पनि सम्मेलनमा भाग लिन भारतले नेपाललाई निमन्त्रणा गरेको थियो ।