
काठमाडौं, देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागहरूमा हल्का हुस्सु लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।
आज राति प्रदेश–१, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।