![एफए कपको क्वाटरफाइनल समीकरण पूरा](https://sagarmatha.tv/wp-content/uploads/2023/03/united1677726172-1024x657.jpg)
काठमाडौं । एफए कप फुटबलको क्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार राति चार खेल सकिएसँगै एफए कपको क्वाटरफाइनल समीकरण पूरा भएको हो ।
क्वाटरफाइनलमा म्यानचेस्टर सिटीले बर्नलीको सामना गर्नेछ । म्यानचेस्टर युनाईटेडले फुलहमसँग खेल्नेछ ।
त्यस्तै ब्राइटनले ग्रिम्स्बी टाउनसँग क्वाटरफाइनलमा खेल्नेछ । सेफिल्ड युनाईटेडले क्वाटरफाइनलमा ब्लाकबर्न रोभर्ससँग खेल्नेछ ।
क्वाटरफाइनलका खेलहरु मार्च १७ र १९ मा हुनेछ ।