काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महिलाहरुमा देखिने पाठेघर र स्तन क्यान्सरको उपचारलाई निःशुल्क गरेर विशेष कार्यक्रमको रुपमा सेवा विस्तार गर्ने बताएका छन् ।
११३औं अन्तर्राष्ट्रिय महिला दिवस मुल समारोह समितिले बुधबार आयोजना गरेको कार्यक्रममा प्रचण्डले सातवटै प्रदेशमा निःसन्तान उपचार सेवा, वडास्तरमा नवजात शिशु स्याहार केन्द्रको स्थापना गर्ने बताए । उनले अघि भने, ‘महिलाहरूमा देखिने पाठेघरको क्यान्सर र स्तन क्यान्सरको सिघ्र पहिचान र उपचारलाई विशेष कार्यक्रमको रूपमा निःशुल्क सेवा विस्तार गरिनेछ ।’
पाठेघरको क्यान्सर रोकथामको लागि ९ देखि १३ वर्षका बालिकालक्षित एचपीभी खोप कार्यक्रमलाई देशव्यापी विस्तार गर्ने समेत उनले बताएका छन् । उद्यमशीलता प्रवद्र्धनमा देखिएका कानूनी र व्यवहारिक जटिलता अन्त्य गर्न महिला नवप्रवर्तन र स्वरोजगार संयन्त्र निर्माण गर्ने समते उनले जानकारी दिए ।