जोडिनुहोस
  • होमपेज
  • बिरामीको मृत्युको कारणसहितको ‘डेथ अडिट’ प्रतिवेदन पठाउन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

बिरामीको मृत्युको कारणसहितको ‘डेथ अडिट’ प्रतिवेदन पठाउन अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संस्थामा उपचार लिइरहेको अवस्थामा बिरामीको मृत्यु भएमा मृत्युको कारण पहिचानसहितको ‘डेथ अडिट’ प्रतिवेदन बुझाउन अस्पतालहरूलाई आग्रह गरेको छ। मंगलबार बसेको मन्त्रालयको सचिवस्तरीय बैठकले सो निर्णय गरेको हो।

बुधबार एक सूचना जारी गर्दै मन्त्रालयको नीति,योजना तथा अनुगमन महाशाखाले संघीय अस्पतालहरू,प्रादेशिक अस्पतालहरू,स्थानीय अस्पतालहरू र सबै निजी तथा सामुदायिक अस्पतालहरूलाई ‘डेथ अडिट’गरी सेवा महाशाखामा प्रतिवेदन पठाउन भनेको हो।

‘बिरामीको मृत्युको कारण पहिचान गर्न तोकिए बमोजिम परीक्षण गरिनेछ भन्ने व्यवस्था भएअनुसार सबै अस्पतालहरूले अस्पताल प्रमुखको नेतृत्वमा समिति बनाइ ‘डेथ अडिट’ गरी उपचारात्मक सेवा महाशाखामा यथाशीघ्र प्रतिवेदन पठाउन अनुरोध छ,’सूचनामा भनिएको छ।

प्रतिवेदन उपचारात्मक सेवा महाशाखा, स्वास्थ्य सेवा विभाग टेकुमा पठाउनुपर्ने छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help