जोडिनुहोस
  • होमपेज
  • जातीय छुवाछुतका विषयमा गाउँपालिका अध्यक्षलाई कारबाहीको माग

जातीय छुवाछुतका विषयमा गाउँपालिका अध्यक्षलाई कारबाहीको माग

काठमाडौं । राजनीतिक दलनिकट भ्रातृ संगठन लगाएत दलित संघ संस्थाहरूले सिरहा जिल्लामा भएको छुवाछूतसम्बन्धी घटनामा संलग्न गाउँपालिका अध्यक्ष उग्रनारायण यादवलाई कारबाहीको माग गरेका छन् ।

नेकपा (माओवादी केन्द्र) निकट नेपाल दलित मुक्ति मोर्चा, नेपाली कांग्रेस निकट दलित सेवा सङ्घ, नेकपा (एमाले) निकट नेपाल उत्पीडित जातीय मुक्ति समाज, नेकपा (एकीकृत समाजवादी) निकट नेपाल दलितमुक्ति सङ्गठन र जातीय समता समाजलगायत दश वटा सङ्घरसंस्थाले आज संयुक्त विज्ञप्तिमार्फत सत्यतथ्य छानबिन गरी घटनामा संलग्नलाई नियन्त्रण गरि कानून बमोजिम कारबाही गर्न माग गरेका हुन्।

सङ्घरसङ्गठनका अनुसार गाउँपालिकाका अध्यक्ष यादवले आमाको निधनपछिको १३ औं दिनको पुन्य थितिमा जातीय आधारमा विभेद गरेका हुन् । फागुन २२ गते आयोजना गरिएको ‘किरिया भोजमा’ दलित र गैरदलितको लागि अलग अलग साइन बोर्ड टाँसेर अलग लाइन बनाएर दलित समुदायमाथि जातीय छुवाछूत तथा भेदभावको अमानवीय व्यवहार गरेका हुन् ।

राष्ट्रिय दलित आयोग र नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठान लगायतका दलित सङ्घरसङ्गठनले पनि विज्ञप्ति जारी गरी सो घटनाप्रति आक्रोस व्यक्त गरेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका