जोडिनुहोस
  • होमपेज
  • फिफा विश्वकप-२०२६ नयाँ ढाँचामा

फिफा विश्वकप-२०२६ नयाँ ढाँचामा

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबल नयाँ ढाँचामा आयोजना हुने भएको छ । २०२६ को विश्वकप तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ ।

सन् २०२६ को विश्वकपमा ४८ राष्ट्रको सहभागिता रहने छ । यस अघि ३२ राष्ट्रले सहभागिता जनाउदै आएको थियो ।

फिफा काउन्सिलले आगामी विश्वकपको नयाँ ढाँचा बनाएको छ । जुन ढाँचालाई रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले अनुमोदन गरेको छ ।

नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ । हरेक समूहमा ४ टोली हुने छन् ।

समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन् ।

२०२६ को विश्वकपमा कुल १०४ खेल हुनेछ । १६ शहरमा विश्वकप आयोजना हुनेछ । २०२६ को विश्वकपमा १६ युरोपियन राष्ट्र सहभागी हुने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका