जोडिनुहोस
  • होमपेज
  • मस्को ओर्लिए चिनियाँ राष्ट्रपति सी: तीन दिने राजकीय भ्रमण सुरु

मस्को ओर्लिए चिनियाँ राष्ट्रपति सी: तीन दिने राजकीय भ्रमण सुरु

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसको राजधानी मस्को ओर्लेका छन् । आजबाट सुरु भएको तीन दिने राजकीय भ्रमणमा उनी रुस पुगेका हुन् ।

रुसी सरकारी मिडिया आरटीका अनुसार आजै सी र पुटिनले रात्रिभोज गर्नेछन् भने सीको भ्रमणका दौरान दुई देशका आर्थिक, रणनीतिक तथा युक्रेन युद्धको बारेमा छलफल हुनेछन् ।

दुई शीर्ष नेताको निर्णायक छलफल मंगलबार हुनेछ । रुस र युक्रेन युद्धको तनावको दौरानमा सीको रुस भ्रमणलाई अन्तर्राष्ट्रिय रूपमा महत्त्वका साथ हेरिएको छ।

राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय भ्रमण रुसबाटै सुरु गरेका सीले चिनियाँ कम्युनिष्ट पार्टीको तेस्रो कार्यकालको महासचिव भएपछि पनि पहिको अन्तर्राष्ट्रिय भ्रमण रुसबाटै थालेका छन् ।

सी चीन पुग्नु अगाडि पुटिनले चिनियाँ र सीले रुसी मिडियामा दुई देशको ‘सीमारहित’ सम्बन्ध बारेमा आलेख लेखेका थिए ।

अन्तर्राष्ट्रिय न्यायालयले शुक्रबार पुटिनलाई मानवतावादविरुद्धको अपराध गरेको भन्दै पक्राउ पूर्जी जारी गरेकै दिन सीको रुस भ्रमणको औपचारिक घोषणा भएको थियो। पुटिनले अन्तर्राष्ट्रिय न्यायालयको फैसला आएको भोलिपल्ट क्रिमिया र पर्सापल्ट डोनबास क्षेत्र भ्रमण गरेका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका