जोडिनुहोस
  • होमपेज
  • वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

वैदेशिक रोजगारीमा जाँदा देशभित्रै ठगिन्छन् युवा

काठमाडौं । वैदेशिक रोजगारीमा जाने श्रमिकको ठूलो सङ्ख्या स्वदेशमै ठगीमा पर्ने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकालाई निःशुल्क कानुनी सहायता दिँदै आएको पिपुल्स फोरमले ११ महिनामा वैदेशिक रोजगारीका नाममा परेका मुद्दामध्ये झन्डै ५४ प्रतिशत मुद्दा नेपालमा हुने ठगीमा परेका पीडितको रहेको जनाएको हो ।

फोरमले चालु आर्थिक वर्षमा निःशुल्क कानुनी परामर्शका लागि दर्ता भएका दुई हजार ८८२ उजुरीमध्ये ५४ प्रतिशत स्वदेशमा ठगीमा परेको र ४६ प्रतिशत विदेशमा अलपत्र परेको, तलब नपाएको, सम्झौता अनुसार फरक काममा लगाएको तथा वैदेशिक रोजगारीका नाममा हुने ठगीका विषयमा हुने गरेको बताएको छ ।

पिपुल्स फोरमका अधिवक्ता सुदीप देवकोटाले रोजगारदाताले राहदानी जफत गरेको, कम तलबका नाममा उजुरी र मुद्दा पर्ने गरेको जानकारी दिए । उनले वैदेशिक रोजगारीमा नाममा हुने पीडितमध्ये आधा स्वदेशमा नै ठगीमा पर्ने र अन्य विदेशमा पुगेपछि अलपत्र पर्ने, तलब नपाउने धेरै देखिएको जानकारी दिए ।

उजुरी उत्पतिका आधारमा नेपालमा ठगीएको ६१ प्रतिशत, संयुक्त अरब इमिरेट्स ९युएई० मा १३ प्रतिशत, साउदी अरबमा १२ प्रतिशत, मलेसियामा छ प्रतिशत र बाँकी कुवेत, कतार, कम्बोडिया तथा अन्य श्रम गन्तव्य रहेका छन् ।

उजुरी दिनेमध्ये व्यक्तिगत ठगी एक हजार ४८२ र संस्थागत ठगी एक हजार चार सय रहेका छन् । फोरमले हालसम्म विभिन्न परियोजनामार्फत नेपालका ७७ जिल्लाका २८ हजार ३०२ वैदेशिक रोजगार पीडितलाई निःशुल्क कानुनी सहायता प्रदान गरेको जनाएको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Sports Betting at Non Gamstop Free Spins No Deposit