
काठमाडौं। पछिल्लो समय देशमा कोरोनाभाइरस संक्रमण बढ्न थालेपछि यसको नियन्त्रणको तयारीबारे सांसदहरुले चासो राखेका छन् ।
छिमेकी देशसहित नेपालमै कोरोना संक्रमण बढ्न थालेपछि प्रतिनिधिसभा सदस्यले कोरोनाभाइरस संक्रमण नियन्त्रणको तयारीबारे चासो राखेका हुन् । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले कोरोनाभाइरस संक्रमणको अवस्थाबारे जानकारी मागेका हुन् ।
कोरोना संक्रमण नियन्त्रणको तयारीबारे जानकारी मागेका उनले नयाँ भेरियन्टको संक्रमण बढेकोले रोकथामका लागि सरकारको कार्यनीति के छ रु भनेर प्रश्न पनि गरेका छन् ।