काठमाडौं । मोरङका विभिन्न परीक्षा केन्द्रमा अरुको नाममा नक्कली परीक्षार्थीले दिएको परीक्षा रद्द गरिएको छ ।
एसईई परीक्षाको चौथो र पाँचौँ दिन बुधबार र बिहीबार मोरङका विभिन्न परीक्षा केन्द्रबाट बाट १९९ विद्यार्थी पक्राउ परेपछि सो परिक्षा रद्ध गरिएको जिल्ला शिक्षा समन्वय इकाइ मोरङका प्रमुख टंक गौतमले जानकारी दिए ।
“बिहीबारसम्म भएका नेपाली, अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयको परीक्षा रद्द भएको छ,” गौतमको भनाइ छ । अब पुनः हुने परीक्षामा सक्कली परीक्षार्थीले पनि सामेल हुन नपाउने भएका छन् ।