जोडिनुहोस
  • होमपेज
  • इजरायल–प्यालेस्टाइनबीच चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

इजरायल–प्यालेस्टाइनबीच चर्कियो द्वन्द्वः गाजामा इजरायलको हवाइ आक्रमण

काठमाडौँ । इजरायली सेनाले प्यालेस्टाइनको गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको छ । इजरायल डिभेन्स फोर्स ९आईडीएफ० ले बिहीबार प्यालेस्टिनी इस्लामिक विद्रोही समूह हमासविरुद्ध कारवाही घोषणा गरेको थियो ।

प्यालेस्टिनी विद्रोही समूह हमासले गाजा क्षेत्रबाट बुधबार नौवटा रकेट इजराइलतर्फ हानेको थियो । त्यसको जवाफमा इजरायलले गाजा क्षेत्रमा हवाइ आक्रमण गरेको हो । गत साता इजरायली प्रहरीले जेरुसेलमस्थित अल–अस्का मस्जिदमा मुस्लिम भक्तजनमाथि कुटपिट गरेको थियो। उक्त हिंसा थप चर्किदै गएको हो ।

इजरायली प्रहरीले मुस्लिम भक्तजनलाई कुटपिट गरेपछि हमासले गाजा क्षेत्रबाट इजरायलतर्फ रकेट आक्रमण गरेको थियो । तर इजरायली सेनाले त्यसलाई असफल बनाएका थिए । गाजामा धेरै विमानहरू देखिएको र ठूलो विष्फोट सुनिएको एजेन्सीले जनाएका छन्, क्षतिको विवरण आइसकेको छैन ।

हमासको रकेट आक्रमणपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार ठूलो मूल्य चुकाउनुपर्ने अभिव्यक्ति दिएका थिए । नेतान्याहूको यस्तो अभिव्यक्तिपछि शुक्रबार बिहानै इजरायली सेनाले गाजामा हवाइ आक्रमण सुरु गरेको हो ।

गत वर्ष अलअक्सा मस्जिदमा इजरायली प्रहरीले मुस्लिम समुदायमाथि धरपकड गरेको थियो । उक्त धरकपटपछि हमास र इजरालबीच युद्ध नै चलेको थियो भने ३ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका