जोडिनुहोस
  • होमपेज
  • साइबर हमला सेनाको साइबरस्पेसमा गरेको आरोपमा एक जना पक्राउ

साइबर हमला सेनाको साइबरस्पेसमा गरेको आरोपमा एक जना पक्राउ

काठमाडौँ( नेपाली सेनाको साइबरस्पेसमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले साइबर आक्रमण गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

नेपाल प्रहरी साइबर ब्युरोले नेपाली सेनाको साइबरस्पेसमा अनधिकृत पहुँच पुर्‍याउने उद्देश्यले विभिन्न समयमा साइबर आक्रमण गरेको आरोपमा स्याङ्जाको वालिङ नगरपालिका–१० का २१ वर्षीय सागर ढकाललाई पक्राउ गरेको जनाएको छ । सर्भरमा साइबर आक्रमण भइरहेको भनी नेपाली सेनाबाट अनुसन्धान तथा कारबाहीका लागि पत्र प्राप्त भएपछि गरिएको अनुसन्धानमा ढकालको संलग्नता देखिएको प्रहरीले जनाएको छ । उनलाई पोखरा–१९ बाटुलेचौरबाट बिहीबार पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपति कुमार रायले जानकारी दिए ।

काठमाडौं जिल्ला अदालतले शुक्रबार ढकाललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न समय दिएको र सोहीबमोजिम अनुसन्धान कार्य थालिएको उपरीक्षक रायको भनाइ छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका