
काठमाडौं । सरकारले मिटरब्याज पीडितसँग वार्ता गर्न वार्ता समिति गठन गरेको छ । शुक्रबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइरालाको संयोजकत्वमा समिति बनाएको गृहका प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए ।
पाँच सदस्यीय वार्ता समितिमा प्रधानमन्त्री कार्यालयका उपसचिव उमाकान्त अधिकारी, कानुन मन्त्रालयका उपसचिव जंगबहादुर डाँगी र प्रहरी उपरीक्षक दिनेशराज मैनाली सदस्य रहेका छन् ।
यसअघि गएको सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा अधिकार सम्पन्न आयोग बनाएको थियो । । तर, मिटरब्याज तथा ठगीविरुद्ध किसान–मजदुर संघर्ष समिति नामक पीडितको संगठनले आन्दोलन जारी राखेकोमा उनीहरूको माग सम्बोधन गर्नेगरी वार्ता समिति बनाएको प्रवक्ता बस्नेतले बताए ।