जोडिनुहोस
  • होमपेज
  • चितवन–२ का २९ मतदानस्थल अति संवेदनशील

चितवन–२ का २९ मतदानस्थल अति संवेदनशील

उम्मेदवारहरू बायाँबाट क्रमशः राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने।

आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा चितवन निर्वाचन क्षेत्र नं. २ का ४३ मध्ये २९ स्थललाई अति संवेदनशीलको सूचीमा राखिएको छ । निर्वाचन स्थललाई दुई भागमा वर्गीकरण गर्दै बाँकी १४ स्थललाई भने संवेदनशील स्थलको सूचीमा राखिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

उपनिर्वाचनमा सबै मतदानस्थललाई सुरक्षाका दृष्टिले बराबरी महत्त्वका साथ लिइएको उनको भनाइ छ। ‘सम्पूर्ण राजनीतिक दलको ध्यान उपनिर्वाचन हुने क्षेत्रमा पर्ने भएकाले सबै उत्तिकै संवेदनशील छन्,’ उनले भने, ‘राजनीतिक दल, नागरिक समाज तथा जनताको समेत चासो बढ्ने भएकाले सबै स्थलमा सुरक्षा व्यवस्था कडा बनाउने तयारीमा प्रशासन छ।’

निर्वाचनमा नेपाली सेना परिचालनका लागि सरकारले निर्णय गर्ने भन्दै उनले अहिलेको समयमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी परिचालनका लागि सुरक्षा योजना बनाई गृहकार्य अघि बढाइएको बताए।

‘जनताले सुरक्षित महसुस गर्ने गरी सुरक्षाकर्मी परिचालन हुन्छ, सबै मतदानस्थलमा वैशाख ७ गतेभित्र सुरक्षाकर्मी पुगिसक्नुहुन्छ,’ उनले भने।

उपनिर्वाचमा चितवन क्षेत्र नम्बर २ मा एक लाख २४ हजार ६९५ जना मतदाता छन्। उनीहरूले ४३ स्थलका एक सय ३८ केन्द्रबाट मतदान गर्ने छन् । गत मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पद सर्वोच्च अदालतको फैसलापछि रिक्त भएपछि यहाँ उपनिर्वाचन हुन लागेको हो।

उपनिर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा ९एमाले०बाट रामप्रसाद न्यौपाने, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसहित २२ जनाको उम्मेदवारी परेको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका