जोडिनुहोस
  • होमपेज
  • सिदिङ्वाका पहिरोपीडितलाई राहत वितरण

सिदिङ्वाका पहिरोपीडितलाई राहत वितरण

फुङ्लिङ– ताप्लेजुङ सरोकार केन्द्र काठमाडौँले सिदिङ्वा गाउँपालिकाका पहिरोपीडितलाई राहत रकम वितरण गरेको छ । सरोकार केन्द्रले गाउँपालिकाको केन्द्र साब्लाखु पुगेर पीडितलाई रु आठ लाख ६७ हजार हस्तान्तरण गरेको हो ।

मृत्यु भएका तथा बेपत्ता भएका व्यक्तिको परिवारलाई जनही रु १२ हजार तथा विस्थापित २७ परिवारलाई प्रतिपरिवार रु २५ हजारका दरले नगद हस्तान्तरण गरेको सरोकार केन्द्रका अध्यक्ष टंक श्रेष्ठले जानकारी दिएका छन् । उच्च जोखिममा परेका २० परिवारलाई प्रतिपरिवार रु छ हजारका दरले तथा दुई बिरामीलाई जनही रु १० हजारका दरले राहत प्रदान गरिएको छ ।

सरोकार केन्द्रका अध्यक्ष श्रेष्ठसँगै महासचिव सन्तोष मादेन, सहयोग संकलन समितिका संयोजक मिङ्माडण्डु लामा, सदस्य अनिल खड्का, सिदिङवा गाउँपालिकाका अध्यक्ष मानबहादुर राई, उपाध्यक्ष कृष्णकुमारी कडरियालगायतको उपस्थितिमा राहत रकम हस्तान्तरण गरिएको हो ।

गत असार २ गते राति वर्षासँगै आएको बाढी र पहिराले सिदिङ्वमा तीन जनाको मृत्यु भएको थियो भने तीन अझै बेपत्ता छन् । पालिकाको वडा नं ६ मेहेले, वडा नं ७ सुरुङिख्म र वडा नं ३ आङ्खोप बढी प्रभावित भएका थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Issuing A Tourist Visa For Several Entries

छुटाउनु भयो कि?