जोडिनुहोस

हालको खबर

Online Casino No Deposit Bonus Coupon Codes
  • ७ मिनेटutes अगाडि
10 Melhores Açâo de Casino em Portugal Agosto 2025
  • ८ मिनेटutes अगाडि
ESC Online Casino: 1700+ Jogos 250 em Resto
  • १0 मिनेटutes अगाडि
14 Melhores Casinos Online sobre Portugal sobre Dezembro 2025
  • १३ मिनेटutes अगाडि
  • होमपेज
  • भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

भारत-नेपाल स्टार्टअप साझेदारी कार्यक्रम (इन-स्पान) को पहिलो समूह दीक्षित

काठमाडौं- भारत-नेपाल स्टार्टअप साझेदारी नेटवर्क (इन-स्पान) अन्तर्गतको पहिलो समूहको दीक्षान्त समारोह भारतको चेन्नईस्थित आईआईटी मद्रासमा सम्पन्न भएको छ।

आठ हप्ते पूर्ण रूपमा वित्तपोषित तालिम तथा नवप्रवर्तन कार्यक्रम पूरा गरेका २४ नेपाली स्टार्टअपहरू समारोहमा दीक्षित भएका हुन्।

समारोहमा भारत सरकारको विदेश मन्त्रालयका उत्तर विभागका अतिरिक्त सचिव मुनु महावर प्रमुख अतिथिका रूपमा सहभागी थिए।

उनले कार्यक्रम आयोजना गरेको आईआईटी मद्रास र त्यसको नवप्रवर्तन इकोसिस्टमलाई धन्यवाद दिँदै सहभागी स्टार्टअपहरूलाई बधाई पनि दिए । महावरले यस पहलले भारत-नेपालबीचको स्टार्टअप सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरे।

आईआईटी मद्रास प्रवर्तक टेक्नोलोजिज फाउन्डेसनको सहकार्यमा सञ्चालन गरिएको इन-स्पान कार्यक्रम अन्तर्गत सहभागीहरूले तालिम, कार्यशाला, सीप विकास र इन्टर्नसिपका अवसर प्राप्त गरेका थिए।

आईआईटी मद्रास प्रवर्तकले हालसम्म ४६ स्टार्टअप इन्क्युबेट गरिसकेको छ, जसमध्ये १४ स्टार्टअपले आफ्नो प्रविधि व्यावसायिक रूपमा सञ्चालन गरिसकेका छन्।

कार्यक्रमका सहभागीको तर्फबाट एडाभरकी संस्थापक युनिका बज्राचार्य र एड्ट्राकी संस्थापक आसिम श्रेष्ठले अनुभव साझा गर्दै कार्यक्रम अपेक्षाभन्दा प्रभावकारी भएको बताए।

उनीहरूले यस कार्यक्रमबाट प्राप्त सिकाइलाई नेपालमै संस्थागत गर्न आईआईटी मद्रास प्रवर्तक सेन्टर अफ एक्सेलेन्स स्थापना गर्न प्रस्ताव समेत गरेका छन्।