काठमाडौं । नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयता यथावत रहेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अपडेट गरेको नयाँ वरीयतामा नेपालको स्थान यथावत रहेको छ ।
नयाँ वरीयतामा नेपाल १४ औं स्थानमा कायम रहेको छ । गत साता जारी वरीयतामा नेदरल्यान्ड्सलाई पछि पार्दै नेपाल १४ औं स्थानमा उक्लिएको थियो ।
नेपाल भन्दा पछाडी नेदरल्यान्ड्स,ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् । एसोसियट राष्ट्र तर्फ भने नेपाल दोस्रो स्थानमा रहेको छ ।
एसोसियट राष्ट्र तर्फ स्कटल्यान्ड शीर्ष स्थानमा कायमै रहेको छ । स्कटल्यान्ड १२ औं स्थानमा कायमै रहेको छ । एसोसियट राष्ट्रमा नेपाल भन्दा अगाडी स्कटल्यान्ड मात्र रहेको छ ।
अष्ट्रेलिया वरीयताको शीर्ष स्थानमा रहँदा न्युजिल्यान्ड दोस्रो, भारत तेस्रो र इंग्ल्यान्ड चौथो स्थानमा छ ।