
काठमाडौँ – नेपाली बजारमा बिहीबार सुनचाँदी मूल्य स्थिर छ। यसअघि सुन तोलाको एक हजार रुपैयाँले बढेको सुनको कारोबार स्थिर रहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ८०० रुपैयाँ कायम भएको छ। यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १० हजार २५० रुपैयाँ निर्धारण भएको छ। यसअघि बुधबार सुनको करोबार सोही मूल्यमा किनबबेच भएको थियो।