जोडिनुहोस
  • होमपेज
  • पाकिस्तानको खैबर पख्तुनख्वामा व्यापारी तथा स्थानीय नेता, कार्यकर्ताद्वारा विरोध प्रदर्शन

पाकिस्तानको खैबर पख्तुनख्वामा व्यापारी तथा स्थानीय नेता, कार्यकर्ताद्वारा विरोध प्रदर्शन

खैबर पख्तुनख्वा– पाकिस्तानको खैबर पख्तुनख्वाको तिरा उपत्यकामा धेरै सशस्त्र व्यक्तिहरूको प्रवेशको विरोधमा स्थानीय राजनीतिक नेता र व्यापारी समुदायले विरोध प्रदर्शन गरेका छन्।

द न्यूज इन्टरनेशनल अनुसार सुरक्षाकर्मी र प्रहरीको उपस्थिति हुँदाहुँदै पनि दर्जनौं हतियारसहितको मानिसहरु गाउँमा पस्न थालेपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।

त्यसैगरी तिराह व्यापारी संघका अध्यक्ष शेर मोहम्मद अफ्रिदी लगायतले तिरा उपत्यकाको शान्ति भंग गर्न कसैलाई पनि अनुमति नभएको बताएका छन् ।

बाग मैदानमा हतियारधारी व्यक्तिको आगमनप्रति चिन्ता व्यक्त गर्दै वक्ताहरूले हतियारधारीहरू निर्वाध रूपमा घुमफिर गरेपनि सरकारी निकायले सुरक्षाको नाममा स्थानीय जनतामाथि कडा प्रतिबन्ध लगाएको भन्दै गुनासो गरे ।

खैबर पख्तुनख्वाको कानून र शान्ति सुरक्षा व्यवस्था लामो समयदेखि बिग्रिँदै गएको छ।

यसैबीच, आदिवासी क्षेत्रहरूमा आतंककारी हमलाहरू हुन थालेका छन् । पाकिस्तानमा आतङ्कवादले फेरि बढ्न थालेको छ । पछिल्ला केही महिनाहरूमा, देशमा विशेष गरी खैबर पख्तुनख्वा र बलुचिस्तानमा कानून र व्यवस्थाको अवस्था बिग्रिएको छ भने आतंकवादी समूहहरूले देशभर दण्डहीनताका साथ हमलाहरू सञ्चालन गरिरहेका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका