
काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमा तीर्थमाली पुनमाथि गोली प्रहार भएको छ।
उनको अहिले ट्रमा सेन्टरमा उपचार भइरहेको छ । काठमाडौंस्थित घरमै रहेकी तीर्थमालीमाथि शुक्रबार राति साढे ९ बजे गोली प्रहार भएको र गोली प्रहार गर्ने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।