काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ६७ पैसा र बिक्रीमा १३१ रुपैयाँ २७ पैसा कायम गरेको छ।
यस्तै, युरो आज खरिदतर्फ १४४ रुपैयाँ ४२ पैसा र बिक्रीमा १४५ रुपैयाँ ९ पैसा कायम गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदमा १६३ रुपैयाँ ४४ पैसा र बिक्रीमा १६४ रुपैयाँ १९ पैसा तय भएको छ।
अस्ट्रेलियन डलर आज १ को खरिदमा ८८ रुपैयाँ ५५ पैसा र बिक्रीमा ८८ रुपैयाँ ९६ पैसा, क्यानेडियन डलर खरिदमा ९८ रुपैयाँ ७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५२ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ५६ पैसा र बिक्रीमा ९९ रुपैयाँ १ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ८५ पैसा र बिक्रीमा ९ रुपैयाँ ९० पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ ८ पैसा र बिक्रीमा १९ रुपैयाँ १६ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३५ रुपैयाँ, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ८५ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५८ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७५ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ६८ पैसा र बिक्रीमा २९ रुपैयाँ ८२ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ ४ पैसा र बिक्रीतर्फ १० रुपैयाँ ९ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२७ रुपैयाँ १ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ९७ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ६२ पैसा र बिक्रीमा ३४८ रुपैयाँ २१ पैसा तय गरिएको छ।