काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आज बिहीबार दुई खेलहरु हुँदैछ ।
बिहीबार लिगको दशौँ चरणको अन्तिम दुई खेलहरु हुँदैछ । जसमा एक त्रिपुरेश्वरस्थित दशरथ रंगशाला र एक खेल एन्फा कम्प्लेक्स मैदानमा हुनेछ ।
रंगशालामा हुने खेलमा चर्च ब्वाइज युनाईटेड र रोयल ब्लु सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । चर्च ब्वाइज र सातदोबाटोबीचको खेल साँझ ६ बजे सुरु हुनेछ ।
चर्च ब्वाइज आज चौंथो जितको योजनामा हुनेछ । चत्च ब्वाइज ९ खेलमा १५ अंक जोडेर छैटौं स्थानमा रहेको छ । सातदोबाटो छैटौं जितको खोजीमा हुनेछ । सातदोबाटो ९ खेलमा १७ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
त्यस्तै एन्फा कम्प्लेक्समा थ्री स्टार क्लब र हिमालयन शेर्पा क्लबबीच खेल हुनेछ । थ्री स्टार र हिमालयनबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
थ्री स्टार आज पाँचौं जितको खोजीमा हुनेछ । थ्री स्टार १५ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।
हिमालयन आज तेस्रो जित निकाल्न चाहन्छ । हिमालयन ९ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।