
कैलाली– भजनी नगरपालिका-३ कुसुमघाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३१ ग्राम ७ सय मिलिग्रामसहित घोडाघोडी नगरपालिका-३ बस्ने २४ वर्षीय अंकित चौधरीसहीत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-०१० प ५२३१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।