अन्तर्राष्ट्रिय
भारतमा आयोजित एक मेलामा खाजा खाएका ८० जना विषाक्त खानाका कारण अस्पताल भर्ना
0 टिप्पणी
नयाँ दिल्ली– भारतको पूर्वी राज्य झारखण्डमा आयोजित एक मेलामा खाजा खाएका कम्तीमा ८० जना बिरामी परेका अधिकारीहरूले बताएका छन् ।
गएराति कर्माटाँड क्षेत्रका दर्जनौं मानिसले पेट दुख्ने र बान्ता हुने समस्या रिपोर्ट गरेका थिए । उनीहरू भोक्टा मेलामा गएको र त्यहाँ खाजाका रूपमा चाट खाएका थिए । एक अधिकारीले भने, ‘बिरामीको अवस्था र रिपोर्टिङ् सुन्दा मुख्यतया खानामा मिसावट भएको हुन सक्ने देखिन्छ ।
शहिद निर्मल महतो मेडिकल कलेज एण्ड हस्पिटलका मेडिसिन विभागका प्रमुख युके ओझाका अनुसार एक बच्चाको अवस्था गम्भीर रहेको अवस्थामा ८० जनालाई भर्ना गरिएको छ ।
स्थानीय प्रशासनले गाउँका जनताको स्वास्थ्यको निगरानीको आवश्यकता पूरा गर्न स्थानीय स्वास्थ्य संस्थामा थप चिकित्सक र नर्स पठाएको छ ।