
खोटाङ – खोटाङमा गाडीबाट खसेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा–३ का ३८ वर्षीय दिनेश राई मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो ।