
झापा– शिवसताक्षी नगरपालिकाको ग्रामीण क्षेत्रको मंगलबारे– पाराबारी जोड्ने सडक कालोपत्र गरिएको छ । नगरपालिका, वडा कार्यालय र स्थानीय उपभोक्ताको गरी ९९ लाख ९८ हजारको लागतमा नौ सय ४५ मिटर सडक कालोपत्र गरिएको हो ।
सडक कालोपत्र निर्माणका लागि पालिकाद्वारा ६१ लाख ६० हजार, वडा नं २ को कार्यालयले १८ लाख र बाँकी स्थानीय उपभोक्ताबाट संकलन गरिएको थियो । शिवसताक्षीकै पुरानो बजार मंगलबारे र पाराबारी जोड्ने सडक आवश्यकताका आधारमै कालोपत्र गरिएको नगरप्रमुख मेगाहाङ थोप्राले जानकारी दिए ।
सडक कालोपत्र भएपछि स्थानीय खुसी भएका छन् । सडक बनेसँगै यस क्षेत्रमा उत्पादित कृषिजन्य वस्तु दमक, बिर्तामोड लगायतका ठूला सहरमा बजारीकरणमा समेत सहज भएको नगरप्रमुख थोप्राको भनाइ छ ।