
कञ्चनपुर– बेलौरी नगरपालिका–६ विद्यानगरबाट लागूऔषध सहित २ जनालाई प्रहरी पक्राउ गरेका छन् ।
पक्राउ पर्नेमा कैलाली धनगढी उपमहानगरपालिका-१३ कैलाली गाउँ बस्ने २३ वर्षीय सुमित राना र कैलाली धनगढी उपमहानगरपालिका-७ मनहेरा बस्ने १५ वर्षीय किशोरलाइ खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ७५ मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालयका अनुसार से.७ प ९०४५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।