
काठमाडौँ- काठमाडौँ महानगरपालिकाले पुरानो बसपार्कमा रहेको प्रहरीको बिट भत्काएको छ ।
आज महानगरपालिकाले काठमाडौँ भ्यू टावर नजिक रहेको पुरानो बसपार्कस्थित सडक पेटीको उक्त बिट हटाएको हो ।
पुरानो बसपार्क क्षेत्रमा रहेको उक्त बिटले सडक र पेटीमा असर गरेकाले त्यस्ता बिट योजनाअनुसार नै महानगरले हटाएको प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले जानकारी दिए ।