जोडिनुहोस
  • होमपेज
  • संसदीय सुनुवाइ समितिका सदस्य आज प्रस्ताव नहुने

संसदीय सुनुवाइ समितिका सदस्य आज प्रस्ताव नहुने

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा संसदीय सुनुवाइ समितिका सदस्यको नाम प्रस्ताव नहुने भएको छ । सदन बस्नुअघि सभामुख देवराज घिमिरेले आजको बैठकमा सबै दलबाट नाम नआएकाले प्रस्ताव गर्न नसकिने जानकारी गराएका छन् ।

कार्यव्यवस्था तथा परामर्श समितिको बैठकमा सभामुखले भने, ‘तपाईंहरूले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरू) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला । आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।’

संसदीय समितिमा अहिलेसम्म कांग्रेस, एमाले र माओवादी केन्द्रले नाम पठाएका छैनन् । तीन ठूला दलबाहेक साना सबै दलबाट नाम आइसकेको जनाएको छ ।

बैठकमा सभामुखले संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधारेर जानुपर्ने बताए । संसदमा उठेका कुराहरूमा मन्त्रीहरूलाई जवाफ दिन समन्वय गरिरहेका उल्लेख गर्दै आज गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्ने बताए ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका