जोडिनुहोस
  • होमपेज
  • कतारमा काम गर्ने एक भाग्यमानी नेपाली, जसलाई पर्यो ८२ करोडको चिठ्ठा

कतारमा काम गर्ने एक भाग्यमानी नेपाली, जसलाई पर्यो ८२ करोडको चिठ्ठा

काठमाडौं – कतारमा काम गर्ने एक नेपालीलाई झण्डै बयासी करोड रुपैयाँको चिठ्ठा परेको छ । अबुधाबीमा आयोजित बिग टिकट -याफल ड्रको सिरिज २४८ मा रञ्जित कुमार पालले २ करोड ३० लाख दिराम अर्थात झन्डै ८२ करोड नेपाली रुपैयाँको चिठ्ठा परेको हो ।

सात वर्षदेखि कतारको राजधानी दोहामा काम गर्ने पालले २३२९३६ नम्बरको टिकट जनवरी १६ मा खरिद गरेका थिए। उनी मनी एक्सचेन्ज कम्पनीमा कार्यरत छन्। पालले विगत १५ महिनादेखि २० साथीहरूको समूहसँग मिलेर बिग टिकटहरू खरिद गर्दै आएका थिए।

यो कार्यक्रममार्फत नगद, सुन र ड्रीम कार पुरस्कार रहेको जनाईएको छ। ड्रको क्रममा अन्य नगद र ड्रिम कार पुरस्कार भारतीय नागरिकले जितेका थिए। दोस्रो, तेस्रो र चौथो पुरस्कार विजेता विजेश विश्वनाथनले १ मिलियन दिराम, यस्तै शिबु म्याथ्यू ले १ लाख दिराम र अजित रामचन्द्रकैमल ५० हजार दिराम रकम चिठ्ठामा जितेका थिए। यस्तै सुमन मुथैया नाडर रागावनले नयाँ रेन्ज रोभर प्राप्त गरेका थिए।

मार्च ३ मा हुने अर्को ड्रमा, एक भाग्यशाली विजेताले १ करोड ५० लाख दिराम पाउँनेछन्। दोस्रो पुरस्कार १० लाख दिराम, तेस्रो पुरस्कार १ लाख दिराम र चौथो पुरस्कार ५० हजार दिराम छ। २ करोड ३० लाख दिराम जितेका पालका ५ र १० वर्षका दुई छोराका छन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
In-depth Analysis of Online Casinos in 2025 and Beyond