जोडिनुहोस
  • होमपेज
  • ‘आषाढ पूर्णिमा’को अवसरमा भारतीय राजदूतावासमा कार्यक्रम

‘आषाढ पूर्णिमा’को अवसरमा भारतीय राजदूतावासमा कार्यक्रम

काठमाडौं – भारतीय राजदूतावास, काठमाडौंले ‘आषाढ पूर्णिमा’को अवसरमा एक कार्यक्रम आयोजना गरेको छ। अन्तर्राष्ट्रिय बौद्ध परिसंघको सहकार्यमा दूतावसस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा कार्यक्रम आयोजना गरिएको दूतावासले जनाएको छ।

बिहारको बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान बुद्धले उत्तर प्रदेशको सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिएको पहिलो उपदेशलाई आषाढ पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ। यसलाई धर्म चक्रको पहिलो फन्कोको रुपमा चिनिन्छ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री श्रीमती सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौंदेखि जोड्ने बन्धनमध्येको एक भएको बताउँदै बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा बोल्दै दूतावासका नियोग उप–प्रमुख श्री प्रसन्न श्रीवास्तवले भगवान बुद्धले दिएको शिक्षाको महत्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरुले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिबिम्बित गरेको बताए।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
The STRAT Hotel, Casino & Tower Las Vegas, NV