जोडिनुहोस

हालको खबर

Coronavirus disease 2019
  • ४ घन्टा अगाडि
High Stakes Showdown at the Untamed Casino Frontier
  • ४ घन्टा अगाडि
Goat Spins Review: A Fresh Take on Online Slot Gaming
  • ४ घन्टा अगाडि
  • होमपेज
  • चौतर्फी दबाबपछि मन्त्री घिसिङको राजीनामा, खरेल र गुप्तामाथि दबाब

चौतर्फी दबाबपछि मन्त्री घिसिङको राजीनामा, खरेल र गुप्तामाथि दबाब

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले बुधबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन्।

जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका घिसिङले चौतर्फी दबाबपछि राजीनामा दिएको जनाइएको छ। राजीनामा बुझाएपछि पत्रकार सम्मेलन गर्दै उनले आफूले अन्तरिम सरकार छाडेको जानकारी गराए।

घिसिङले गत ३० भदौमा अन्तरिम सरकारको मन्त्रीका रूपमा शपथग्रहण गरेका थिए। यसअघि उनले उज्यालो नेपाल पार्टी गठन गरी त्यसको संरक्षण गर्दै आएका थिए। रास्वपा सभापति रवि लामिछाने थुनामुक्त भएपछि रास्वपासँग एकता गर्ने निर्णय गर्दै उनी उपसभापति बनेका हुन्। तर उनले आफू कुनै दलमा संलग्न नभएको दाबी गर्दै आएका थिए।

आगामी फागुन २१ गते हुने निर्वाचनमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेका घिसिङले राजीनामा दिएसँगै सक्रिय राजनीतिमा होमिने निर्णय गरेका छन्।

घिसिङको राजीनामापछि रास्वपानिकट खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलमाथि पनि राजीनामाका लागि नैतिक दबाब बढेको छ। उनीहरू दुवै आगामी निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन्।