जोडिनुहोस
  • होमपेज
  • नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

नेपाली बजारमा सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ। यसअघि आइतबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासङ्घका अनुसार सोमबार चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर ४ हजार ४ सय ४५ रुपैयाँ पुगेको छ। आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो।

ताजा समाचार