काठमाडौं— एसीसी प्रिमियर कपको फाइनल खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र यूएईबीच आज फाइनल खेल हुन लागेको हो । बिहान ९ बजेबाट खेल सुरु हुनेछ ।
शनिबार भएको खेलमा नेपाल कुबेतलाई पराजित गर्दै फाइनलमा आएको हो भने यूएई ओमनलाई पराजित गर्दै फाइनलमा पुगेको हो ।
जितको लागि २ सय ८१ रनको विशाल लक्ष्य पछ्याएको कुवेतले ८.३ ओभरमा ६ विकेट गुमाउँदै ३७ रन बनाइरहँदा वर्षाको कारण खेल रोकिन पुगेको थियो ।
सो खेल रद्द भएपछि समूह विजेता बन्दै नेपाल फाइनलमा प्रवेश गरेको हो भने डकवर्थ लुईस पद्धतिमा २ रनले ओमनलाई हराउँदै यूएई नेपालसँग प्रतिस्पर्धा गर्न आइपुगेको हो ।
आज हुने फाइनल खेलको विजेताले भारत र पाकिस्तानलगायतसँग खेल्न पाउने छन् ।
शनिबारको झै पुनः पानी परेको खण्डमा आईसीसीको ओडीआई वरीयतामा १४औं स्थानमा रहेको नेपाल र १९औं स्थानको रहेको यूएईबीचको खेल मंगलबार हुनेछ ।