काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको आरोपमा मुछिएपछि पक्राउ परेका पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणको स्वास्थ्य जाँच गरिएको छ । प्रहरीले अदालतमा उपस्थित गराउनुअघि खाणको स्वास्थ्य जाँच गराएको हो ।
स्वास्थ्य जाँचका लागि खाँणलाई कान्तिपुर अस्पतालमा लगिएको थियो । स्वास्थ्य जाँचपछि जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले म्याद लिनका लागि जिल्ला अदालत काठमाडौँमा उपस्थित गराएको थियो ।
खाँणलाई यसअघि पक्राउ परेकाहरुको बयानका आधारमा बुधबार निवासबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।