
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले आकस्मिक पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुम्बाराहीमा बस्दैछ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि देउवाले बैठक बोलाएका हुन् ।
बैठकमा शरणार्थी प्रकरण र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने बताइन्छ ।
केही समयअघि देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल, गृहमन्त्री नारायणकाजी श्रेष्ठ, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका थिए ।