जोडिनुहोस
  • होमपेज
  • जो ८० वर्षदेखि मस्तिष्कमा सुई लिएर बाँचिरहेकी छिन्

जो ८० वर्षदेखि मस्तिष्कमा सुई लिएर बाँचिरहेकी छिन्

रूसको सुदूर पूर्वकी एक वृद्धा मस्तिष्कमा एक इञ्च लामो सुईसहित ८० वर्ष बाँचेको खुलेको छ। चिकित्सकले ‘सिटी स्क्यान’ गर्ने क्रममा ती महिलाको मस्तिष्कमा एक इञ्च लामो सुईको टुक्रा भेटिएको जनाएका छन्।

चिकित्सकले ती महिला आफ्ना आमाबाबुले गरेको असफल शिशु हत्याको शिकार भएको अनुमान गरेका छन् तर उनको स्वास्थ्य अवस्था बिग्रने डरले सुई हटाउने प्रयास नगरेको हुनसक्ने बताएका छन्।

उनका आमाबाबुले दोस्रो विश्वयुद्धको दौरान आफ्नो बच्चालाई मार्ने निर्णय गरेको हुन सक्छ, किनकि उनी ‘जन्मदेखि’ तीन सेन्टिमिटर लामो सुईको साथ बाँचिरहेकी थिइन्।

विश्व युद्धको समयमा यो विधि अक्सर अपराधको प्रमाण लुकाउन प्रयोग गर्ने गरिएको थियो। युद्धको समयमा सोभियत संघमा खाद्यान्नको अभाव व्याप्त थियो र धेरै मानिसहरू घोर गरिबीमा बाँचिरहेका थिए।

स्थानीय स्वास्थ्य विभागले भनेको छ, ‘सुई उनको बायाँ ‘पेरिएटल लोब’ ९मस्तिष्क० मा छिरेको थियो। तर यसले प्रभाव पारेन र बालिका बाँच्न सफल भइन्।’

उक्त बिरामीले चोटपटकका कारण कहिल्यै टाउको दुखेको गुनासो नगरेको र कुनै पनि खतरामा नरहेको बताइएको छ।

“पीडित वृद्धाको अवस्थालाई चिकित्सकले निगरानी गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका