जोडिनुहोस
  • होमपेज
  • गिलगिट—बाल्टिस्तानको चिलासमा गुडिरहेको बसमा आक्रमण गर्ने ६ जना पक्राउ

गिलगिट—बाल्टिस्तानको चिलासमा गुडिरहेको बसमा आक्रमण गर्ने ६ जना पक्राउ

चिलास— गिलगिट—बाल्टिस्तानको चिलासबाट इस्लामाबाद जाँदै गरेको बसमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा छ जना संदिग्धहरूलाई पक्राउ गरिएको डन पत्रिकाले उल्लेख गरेको छ।

डायमेर प्रहरीले शनिबार संदिग्धहरू विरुद्ध पहिलो सूचना रिपोर्ट एफआईआर दर्ता गरेको छ।

आक्रमणमा, दुई सैनिकहरू सहित कम्तिमा नौ जनाले ज्यान गुमाएका थिए र २१ यात्रुहरू घाइते भएका थिए ।

गिलगिट—बाल्टिस्तानका आन्तरिक मन्त्रीले बन्दुकधारीहरूले गोली चलाउन थालेपछि बस चालकले एक्लेरेटर दबाउँदा सामान बोकेको ट्रकसँग ठोकिएको बताएका छन् ।

यद्यपी घटनाको अहिलेसम्म कुनै पनि संगठनले जिम्मेवारी लिएको छैन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
Troubleshoot YouTube video errors YouTube Help