जोडिनुहोस
  • होमपेज
  • बर्दियामा औद्योगिक ब्यापार महोत्सवको तयारी तिब्रः ५ करोडको कारोबार गर्ने लक्ष्य

बर्दियामा औद्योगिक ब्यापार महोत्सवको तयारी तिब्रः ५ करोडको कारोबार गर्ने लक्ष्य

बर्दिया। बर्दियाको सदरमुकाम गुलरियामा प्रादेशिक कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव हुने भएको छ ।

‘समृद्ध बर्दियाको प्रमुख आधार कृषि, पर्यटन, उद्योग, सँस्कृति र पूर्वाधार’को नारासहित उद्योग बाणिज्य संघ गुलरियाले महोत्सव गर्न लागेको हो ।

महोत्सवमा १ लाख दर्शक भित्राई ५ करोड बराबरको कारोवार गर्ने लक्ष्य रहेको उद्योग बाणिज्य संघ गुलरिया बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताए । उनले भने ‘कृष्णसार संरक्षण क्षेत्र, बर्दिया राष्ट्रिय निकुञ्ज, बबई भ्याली, बढैया तथा सत्खलुवा ताल लगायत जिल्लाका महत्वपूर्ण पर्यटकिय गन्तब्यहरुको प्रचारप्रसारगर्दै स्तरोन्नती मार्फत आन्तरिक तथा वाह्य पर्यटकको गन्तब्यको रुपमा बिकास गर्ने हाम्रो उद्देश्य हो । कृषिजन्य उत्पादन तथा जडीवुटीको ब्यवशायीकीकरणगर्दै लगानीका अवसरको खोजी गर्नुका साथै स्थानिय कला सँस्कृति, साहित्य भाषाको संरक्षणमा जोड महोत्सवमा दिईएको छ ।’

महोत्सवमा ५९ लाख ३० हजार रुपैया खर्च लाग्ने तथा ९ लाख ७० हजार बचत हुने अनुमान गरिएको छ । महोत्सवबाट बचेको रकमबाट उद्योग बाणिज्य संघको कोसेली घर निर्माण गरिने बताइएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाको संरक्षकत्व तथा उद्योग बाणिज्य संघ गुलरियाको मुख्य आयोजनामा हुने महोत्सवको नेपाल उद्योग बाणिज्य महासंघ काठमांडौं र लुम्बिनी प्रदेस, जिल्ला समन्वय समिति बर्दिया, गुलरिया नगरपालिका, कृषि तथा पशुपंक्षी बिकास कार्यालय बर्दिया, घरेलु तथा साना उद्योग कार्यालय बर्दिया, ब्यापार तथा निकासी प्रर्बद्धन केन्द्र बाँके आयोजक छन् ।

लुम्बिनी शेरामिक्स प्रा.लि. गुलरिया प्रायोजन गरेको महोत्सवको गुलरिया नगरपालिका कार्यालय, नेपाल पर्यटन बोर्ड, लुम्बिनी प्रदेश सरकार सँस्कृति तथा पर्यटन मन्त्रालय, पर्यटन कार्यालय बाँकेले प्रर्बद्धन गरेको उनको भनाई छ । महोत्सव पौष ६ गतेदेखि १६ गतेसम्म गुलरियामा हुने छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

0 प्रतिक्रिया
B2core Dealer’s Room Advanced Forex Crm Options