काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतीय खरिद प्रणालीलाई प्राथमिक्तामा राख्ने भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विद्युतीय खरिद प्रक्रियालाई प्राथमिक्तामा राख्ने घोषणा गरेका हुन् ।
उनले भने, ‘विद्युतीय खरिद प्रक्रियालाई अनिवार्य गर्दै लगिने छ ।’ यस्तै, सबै सरकारी काममा सार्वजनिक खरिद प्रक्रियालाई थप कडाई गर्नुका साथै व्यवस्थित समेत गर्ने योजना सरकारले बनाएको राष्ट्रपति पौडेलले बताए ।