![सन्दीपको मुद्दा न्यायाधीश फणिन्द्र पराजुलीको इजलासमा](https://sagarmatha.tv/wp-content/uploads/2023/04/sandeep_0J8EQ3yaZC-1024x683.jpg)
काठमाडौं । क्रिकेट खेलाडी सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतमा आज पेशी तोकिएको छ । न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासमा मुद्दाको सुनवाइ हुने छ ।
जाहेरीकर्ता गौशाला २६ ले अन्तरिम क्षतिपूर्तिका लागि दिएको निवेदनका कारण अघिल्लो पटकको पेशी बिना सुनवाइ स्थगित भएको थियो ।
आज न्यायाधीश पराजुलीको सुनवाइ सूचीमा चार नम्बरमा सन्दीपको मुद्दा परेको छ ।
सन्दीप चाँडै नेपालको तर्फबाट विश्वकप ग्लोबल क्वालिफायरका लागि दक्षिण अफ्रिका जानुपर्ने भएकाले चाँडो मुद्दा किनारा लागोस् भन्ने चाहन्छन् ।
यदि आज सुनवाइ नभएको खण्डमा उनको दक्षिण अफ्रिका र जिम्बाबेको भ्रमण प्रभावित हुन सक्ने बताइएको छ ।