
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ ।
प्रिमियर लिगको च्याम्पियन बनिसकेको सिटीले ब्राइटनसँग १-१ गोलको बराबरी खेलेको हो ।
खेलको २५ औं मिनेटमा फिल फोडेनले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाएका थिए ।
तर, खेलको ३८ औं मिनेटमा जुलियो एन्सिसकोले गोल गर्दै ब्राइटनलाई १-१ गोलको बराबरीमा ल्याए ।
यस बराबरीसँगै ब्राइटनले युरोपा लिगमा स्थान पक्का गरेको छ । ब्राइटन ३७ खेलमा ६२ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।
सिटी ३७ खेलमा ८९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।