
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन, वानेश्वरमा बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।
आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसअघि हिजो बसेको बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।