![प्रतिनिधिसभा बैठक बस्दै, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने](https://sagarmatha.tv/wp-content/uploads/2023/04/Samsad-baithak-letest1680856454-1024x468.jpg)
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन, वानेश्वरमा बैठक बस्न लागेको हो । बैठक अपराह्न १ बजे बस्नेछ ।
आजको बैठकमा अर्थमन्त्री प्रकाश शरण महतले ‘आर्थिक वर्ष २०७९-८० को आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।
यसअघि हिजो बसेको बैठकले सरकारको वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो ।