
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ । मन्त्रिपरिषद्को बैठकले भर्खरै बजेटको अंक पारित गरेको हो ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत भएको सरकारको नीति तथा कार्यक्रम दुवै सदनबाट पारित भएपछि सरकारले आज बजेट सार्वजनिक गरिरहेको छ ।