काठमाडौं । आगामी आर्थिक वर्ष २०८० ८१ को बजेटमा सांसद विकास कोष ब्यूँतिएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले टिप्पणी गरेका छन् ।
उनले सांसद विकास कोष पाउने भएपछि बल्ल सांसदहरु वडा अध्यक्षको लेबलमा आएको टिप्पणी गरेका हुन् । उनले सामाजिक सञ्जालमा वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बनेको भनेर प्रश्न गरेका छन् ।
उनले लेखेका छन्,‘सांसद विकास कोष पाउनु भएसी बल्ल सांसदहरु वडा अध्यक्ष को लेबलमा आउनु भयो । वडा अध्यक्ष कै काम गर्न मन भए किन सांसद बन्नु हुन्छ माननीय ज्युहरु ।’