
काठमाडौँ । दयाहाङ राई र मिरुना मगर अभिनित ‘जारी’ले प्रदर्शनको ५१ औं दिन पार गर्न सफल भएको छ । फिल्मले शनिबारबाट उपत्यका उपत्यकामा १८ र बाहिर मोफसलमा ११ वटा हलमा ५१ औं दिन पार गरेको हो ।
फिल्मले अहिलेसम्म १७ करोड बढी ग्रस कमाइ गरेको कार्यकारी निर्माता मणिराम पोखरेलले दिए । ‘विशेषगरि पूर्वका हलमा फिल्मले राम्रो कमाइ गरेको छ’ पोखरेलको भनाई छ ।
नयाँ बर्षको अवसर पारेर १ बैशाखबाट प्रदर्शनमा आएको फिल्मले अमेरिका, युरोप, अष्ट्रेलिया लगायतका मुलुकमा फिल्म राम्रो दर्शक पाएको छ ।
लिम्बू समुदायमा प्रचलित जारी प्रथाको कथामा निर्माण भएको फिल्ममा दयाहाङ र मिरुनाको अलवा विजय बराल, प्रेम सुब्बा, पुष्कर गुरुङ, रोयदीप श्रेष्ठ, कमलमणि नेपाल, रेखा लिम्बुको पनि अभिनय छ ।