जोडिनुहोस
  • होमपेज
  • स्कटल्याण्डविरुद्ध नेपालले चार विकेट गुमायो

स्कटल्याण्डविरुद्ध नेपालले चार विकेट गुमायो

काठमाडौं । दक्षिण अफ्रिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले अहिले स्कटल्याण्डविरुद्धको अभ्यास खेलमा पहिला ब्याटिंग गरिरहेको छ ।

टस हारेर पहिला ब्याटिंग गरिरहेको नेपालले आफ्ना शुरुवाती चार विकेट गुमाएको छ ।

नेपालका आसिफ सेख २८ रन बनाएर आउट भएका छन् भने कुशल भुर्तेल १६, भीम सार्की ८ र कप्तान रोहित पौडेल शुन्यमा आउट भएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले १३.२ ओभरमा ५८ रन बनाएर ४ विकेट गुमाएको छ ।

नेपाली टिमसँग प्रशिक्षक मोन्टी देसाई पनि दक्षिण अफ्रीका पुग्ने क्रममा रहेका छन् । उनी बुधबार साँझ भिसा प्राप्त गरेसँगै विहिबार बिहान त्यसतर्फ प्रस्थान गरेका छन् ।

दक्षिण अफ्रिकामा रहदा नेपालले आज स्कटल्याण्डसँग र जुन २६ मा नेदरल्याण्डससँग अभ्यास खेल खेल्ने छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका