समाचार
बालेनले राखेको ग्रेटर नक्साबारे दीपकको टिप्पणीः भुइँको टिप्न नखोजौ, भएकोलाई जोगाऔ !

काठमाडौं । कलाकार दीपकराज गिरीले काठमाडौँ महानगरका मेयर बालेन शाहले आफ्नो कार्यालयमा राखेको ग्रेटर नक्साको बारेमा टिप्पणी गर्दै भएको नक्सा जोगाउन आग्रह गरेका छन् ।
भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को नक्सा राखेको विषय अहिले विवादित बनिरहेको बेला बालेनले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका हुन् ।
यसअघि आफ्नो कार्यकक्षमा रहेको नेपालको थ्रिडी नक्सालाई हटाएर महानगरपालिकाले मेयर शाहको कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको हो
अभिनेता गिरीले अहिले भएको सानो नक्सा त राम्रोसँग चलाउन नसकेर यो गति भएको उल्लेख गर्दै यति ठुलो नक्सा भएको भए के गर्थे भन्दै भुइँको टिप्न नखोज्न आग्रह गरेका छन् ।
उनले भनेका छन्(
अहिलेको सानो नेपाल त राम्रोसंग चलाउन नसकेर यो गति छ १ यति ठूलो भा भए के गर्थे होलान रु भूंइको टिप्न नखोजौ, भएको लाइ जोगाऔ १११